युवा स्टार अनमोल केसीले एउटै घरमा बस्दा पनि पिता भुवन केसी र आफ्नो भेट हप्ता दश दिनमा मात्र हुने खुलाएका छन् । प्रदर्शोन्मुख फिल्म 'ड्रिम्स'को अडियो बिमोचन कार्यक्रममा मिडियामाझ प्रस्तुत हुँदै अनमोलले एउटै घरमा बस्दैमा बाबु छोरासँगै हुने र भुवनले आफुलाई घेरामा राखेको भन्ने कुरा अस्विकार गरे ।
तपाईंसँग मिडियामा कुराकानी गर्नलाई पनि बुबाकै अनुमति चाहिने हो भन्ने प्रश्नमा केटीहरुको कारण आफुले फोन सम्पर्कमा डिस्टेन्स राखेको भन्दै बुबाले रोकेको भन्ने कुरा गलत भएको बोले । 'हामी एउटै घरमा मात्र बस्ने हो, मेरो र बाबाको फ्ल्याट फरक छ, हामी काम पर्दा मात्र भेट्छौं नत्र आफ्नै आफ्नै फ्ल्याटमा दुबैजना रहन्छौं', अनमोलले खुलाए ।
फागुन २१ बाट प्रदर्शनमा आउने फिल्म 'ड्रिम्स'को मिडिया हाईप तथा दर्शक क्रेज बढिरहँदा निर्माण टिमले अडियो सार्वजनिक गरेको छ । सोही कार्यक्रममा अनमोल मिडियामाझ अन्य कार्यक्रममा भन्दा केहि भिन्न अनि बलियो संवादमा देखिए । कार्यक्रममा अनमोलसँगै, निर्देशक तथा निर्माता भुवन केसी अभिनेत्री साम्राज्ञ्यलक्ष्मी शाह, पटकथा तथा संवाद लेखक सामिप्य तिमिल्सिना लगायतको उपस्थिती थियो ।

