गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'क्लासिक'ले दर्शकको राम्रै साथ पाईरहेको छ । कलाकारको अभिनय तथा फिल्म मेकिङको उच्च प्रशंशा पनि भईरहेको छ । फिल्मको चर्चा परिचर्चा भईरहेका बेला निर्माण युनिटले सर्प्राइजको रूपमा अभिनेत्री प्रियंका कार्कीको गीत सार्वजनिक गरेको छ ।
फिल्म रिलिज पछि मात्रै प्रियंकाको पनि बिशेष भूमिका रहेको कुरा सार्वजनिक गरिएको हो । दिनेश राउतको निर्देशन तथा सुवास गिरीको निर्माण रहेको 'क्लासिक''को प्रस्तुत गीतमा फिल्मका मुख्य पात्र आर्यन सिग्देलले प्रियंकासँग रोमान्स गरेका छन् ।
ताराप्रकाश लिम्बुको संगीतमा कोशिस क्षेत्रीको स्वर रहेको गीतमा दयाराम पाण्डेको शब्द छ । करियोग्राफी रेनशा वान्तवा राईको रहेको छ ।

