Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

२ घण्टा पत्रकार पर्खाउने को हुन् मरिष्का ?

फिल्मीखबर, काठमाडौं, 2016/02/16
नेपाली समय भन्दै नेपालमा आयोजना हुने हरेक जसो कार्यक्रम निर्धारित समयमा सुरु नहुने परम्परा नौलो होईन । कुनै पनि कार्यक्रम केहि ढिला शुरू हुँदा धेरैले यस्तै हुन्छ भन्ने बुझेका हुन्छन् । तर, सञ्चारकर्मीलाई बोलाएर २ घण्टाभन्दा बढि पर्खाउनु अनि बल्ल कार्यक्रम शुरू गर्नु कतिसम्म जायज हो ? सोमबार यस्तै भयो एक फिल्मको घोषणा कार्यक्रममा ।
 
 
फिल्म 'चपली हाईट २' को सिक्वेल घोषणा कार्यक्रम राजधानीको बसुन्धारा स्थित एक क्याफेमा आयोजित थियो । जहाँ साँझ ५ बजेको लागी बोलाईएको कार्यक्रम ७ बजेपछि मात्र शुरू भयो । जसको कारण थिईन् सोही फिल्ममा अभिनेत्रीको रुपमा अनुबन्ध भएकी मरिष्का पोखरेल । आफ्नै फिल्मको कार्यक्रममा अरु भन्दा पहिला नै पुग्नुपर्ने मरिष्काले सञ्चारकर्मीदेखि सबैको समयलाई २ घण्टा खेलांची सम्झिन् अनि ७ बजेतिर कालो वानपिसमा सजिएर हलमा प्रवेश गरिन् ।
 
 
'बाटोमा जाम भयो त्यसैले ढिला भयो', रिलिज भईनसकेको 'के म तिम्रो होईन र' नामको फिल्मबाट अभिनय यात्रा शुरू गरेकी मरिष्काले गल्ति लुकाउन ढाकछोप गरिन् तर पेट्रोल अभावको समस्याबाट मुक्त हुँदै गरेको सहरमा साँझको समय त्यती ठुलो जाम पर्दैन भन्ने कुराको उनले हेक्का राख्न सकिनन् । उनी आउँदै गर्दा अनि कार्यक्रम चल्दैगर्दा उपस्थित सबै उनिप्रति आक्रोशित देखिन्थे ।
 
चलचित्र विकास वोर्डका अध्यक्ष राजकुमार राईले त जो मान्छे जस्तोसुकै सुन्दर भए पनि, राम्रो अभिनय गर्ने भएपनि समयको ख्याल गर्न नसक्ने र 'सिस्टम'मा चल्न नसक्नुले केहि अर्थ नराख्ने भन्दै मन्तव्यको क्रममा मरिष्कालाई समयको महत्व बुझ्न राम्रै सबक सिकाए । अनि गाईंगुईं चल्यो, मरिष्का न त स्टार हुन्, न त सेलिब्रेटी नै भईसकेकी छिन् यस्तो मान्छेमा कस्तो दम्भ हँ ! दुनियाँलाई पर्खाईदिने अनि समयको मतलब नगर्ने ?
Most Visited News (monthly)