तीन बर्ष पहिले रिलिज फिल्म 'चपली हाईट' को सिक्वेल निर्माणको औपचारिक घोषणा गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच निर्माता अर्जुनकुमार र निर्देशक दिपेन्द्र के खनालको टिमअपबाट नै 'चपली हाईट'को सिक्वेल घोषणा गरियो ।

फिल्मको लागी कलाकार पनि फाईनल भएका छन् । फिल्ममा सबैजसो कलाकार दर्शकको लागी नयाँ अनुहार हुनेछन् । फिल्ममा आयुष्मान देशराज श्रेष्ठ, मरिष्का पोखरेल र परमिता राज्यलक्ष्मी राना लिड रोलमा रहने जानकारी गराईयो । आयुष्मान र परमिता नयाँ भएपनि मरिष्काले भने यसअघि रिलिज पर्खेर बसेको एक फिल्म गरेसकेकी छिन् ।
'चपली हाईट'लाई सेक्सुअल थ्रिलर जनरामा बनाएका दिपेन्द्रले यो पटक भने रोमान्टिक थ्रिलरमा चपली हाईट २ बन्ने कार्यक्रमा बताए । उनले फिल्ममा शहरिया नेपाली परिवेशको यथार्थतालाई पर्दामा उतार्ने प्रयास आफ्नो हुने बताए । चपली हाईटमा सेक्सुअल कथालाई जोडेर आलोचना खेपेको भन्ने सञ्चारकर्मीको प्रश्नलाई उनले स्विकार गरेनन् ।
चपली सिक्वेलमा निरज कंडेलले क्यामेरा चलाउने छन् भने पटकथा सान बस्न्यालको हुनेछ । करिब एक पहिनापछि फ्लोरमा जाने बताईएको फिल्मलाई अर्को बर्षको जेठमा रिलिज गर्नेगरी काम अघि बढाईने निर्माता तथा निर्देशकले बताए ।
भिडियोमा हेर्नुहोस 'चपली हाईट २' घोषणा कार्यक्रममा के के भयोः

