Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपाली क्रिकेटको क्रेजले 'च्याम्पियन'लाई होला फाईदा ?

फिल्मीखबर, काठमाडौं, 2016/02/15
नेपालमा क्रिकेटको क्रेज अहिले व्यापक छ । किर्तिपुर र पुल्चोक मैदानमा खेल हुँदा होस् या विदेशको कुनै मैदानमा नेपाली क्रिकेट टिम प्रतिस्पर्धाको लागी उत्रिँदा, मिडियादेखी सामाजिक सञ्जाल अनि चिया पसलदेखि तारे होटलसम्म नेपाली क्रिकेटले चर्चा पाउँछ । यो बीचमा नेपाली क्रिकेटको नै कथालाई जोडेर तयार पारिएको फिल्म पनि अहिले रिलिजको संघारमा छ ।
 
'च्याम्पियन' नाम दिईएको क्रिकेटको कथा बोल्ने फिल्म रिलिजको क्रममा रहँदैगर्दा पर्दा बाहिर चर्चामा रहेको नेपाी क्रिकेट अनि यसको क्रेज फिल्म हलमा पनि देखिन्छ या देखिन्न यो कुरा चर्चा योग्य छ । हुन त यसअघि नेपाली फुटबलसँग जोडेर पनि फिल्म बन्यो तर हलमा त्यसको खासै चाम देखिएन् । 
 
तर नेपालमा क्रिकेटको ठुलो संभावना रहेको र क्रेज धेरै रहेको भन्दै सोही कथा जोडेको फिल्म हेर्न हलमा दर्शक आउनेमा निर्माण युनिट आशावादी छ । रिता पोखरेलको लगानीमा बि.बि फुयाँलले निर्देशन गरेको 'च्याम्पियन'मा दिक्पाल कार्की, साहिल खान, मञ्जिता केसीको अभिनय छ । फिल्म फागुन १४ मा रिलिज हुँदैछ ।
Most Visited News (monthly)