Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निर्माताले खुलाए 'क्लासिक' भित्रको प्रियंका रहस्य

फिल्मीखबर, काठमाडौं, 2016/02/15
'क्लासिक' फिल्म हेनु भयो ? नहेर्नुभएको भए, तपाईंको लागी एक सरप्राईज हुनसक्छ, यो फिल्ममा चर्चित अभिनेत्री प्रियंका कार्की पनि छिन् । रिलिज अगाडी मिडियामा पनि गोप्य राखिएको यो सस्पेन्स अब भने निर्माण युनिटले खुलाएको छ । फिल्मभित्र प्रियंका एक महत्वपुर्ण भूमिकामा छिन् ।
 
 
आर्यन सिग्देलको पहिलो प्रेमीको रुपमा जेनी पात्रलाई प्रियंकाले न्याय गरेकी मात्र छैनन्, आर्यनसँग रोमान्स गरेको एक गीतमा प्रियंकाको बोल्ड अबतार पनि छल्केको छ । माया प्रेमको कुरा आर्यन र प्रियंकाबीच चल्दैगर्दा बीचमा उत्पन्न एक परिस्थितीले यी दुईलाई अलग बाटोमा पुर्याउँछ त्यसपछि दुईको भेट हुन्छ या हुँदैन् त्यसको लागी भने फिल्म हेर्नैपर्छ । 
 
 
सुटिङको समयमा प्रियंका र आर्यनले ईन्ष्टाग्राममा तश्विर सेयर गरेको भएपनि फिल्ममा उनी भएको कुरा अहिलेसम्म गोप्य नै राखिएको थियो । प्रियंका र आर्यन फिचरिङमा रहेको गीत पनि सोमबार सार्वजनिक भएको छ । 
 
सुवास गिरीको लगानीमा दिनेश राउतले निर्देशन गरेको 'क्लासिक'ले अहिले बक्सअफिसमा राम्रो बिजनेस गरिरहेको छ । शनिबार र आईतबार हाउसफुल बिजनेस गरेको फिल्मको एकिन हिसाब बाहिर नल्याईएको भएपनि ग्रस बिजनेशमा फिल्मले करोड क्लबमा प्रवेश गरिसकेको अनुमान छ । फिल्ममा आर्यन र प्रियंकासँगै नम्रता श्रेष्ठ लिड रोलमा छिन् ।
Most Visited News (monthly)