मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

रूवाउनु हाम्रो उद्देश्य हैन : आर्यन सिग्देल (भिडियो अर्न्तवार्ता)

फिल्मीखबर, काठमाण्डौ, 2016/02/10
पर्दामा अभिनय गरेर दर्शकलाई हँसाउन भन्दा रूवाउने बलियो पात्रको रूपमा चिनिने अभिनेता हुन्, आर्यन सिग्देल । द्धन्दात्मक फिल्म भन्दा मायाप्रेम बिछोडका फिल्ममा कुशल अभिनय गर्न सक्ने आर्यनले दर्शकलाई रूवाउने उद्देश्य भने नलिएको बताउँछन् ।
 

यही शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म 'क्लासिक'मा दृष्टिबिहीन पात्रको भूमिका निर्वाह गरेका आर्यनले उक्त फिल्मले दर्शकलाई रूवाउने भन्दा पनि मन छुने बताए । फिल्मीखबरसँग कुरागर्दै आर्यनले भने, 'फिल्मबाट दर्शकलाई रूवाउने हाम्रो उदेश्य हैन । पात्रको सेन्टिमेन्ट्सलाई बुझ्नुभो भने चाँही त्यो हाम्रो सफलता र प्राप्ती हुनेछ ।' 
 
यस्तै निर्देशक दिनेश राउतले फिल्मको बिषयबस्तुले दर्शकको मन छुने बताए । उनले फिल्मको सेन्टिमेन्स्टले पनि दर्शकलाई मनोरञ्जन दिने बताउँदै 'क्लासिक' त्यस्तै सेन्टिमेन्टले भरिएको र दर्शकलाई मनोरञ्जन दिने फिल्म बनेको बताए । 
 

यसअघि 'आई एम सरी' र 'नोभेम्बर रेन' जस्तो सफल फिल्म दिएका निर्देशक राउतले त्यो भन्दा राम्रो फिल्म 'क्लासिक' बनेको दाबी गरे । यिनै दुई अभिनेता र निर्देशकसँग फिल्मीखबरले गरेको कुराकानीको भिडियो हेर्नुस् जहाँँ उनीहरूले फिल्मका बारेमा रोचक कुराहरू बोलेका छन् ।