Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्म खेल्दा पनि भिडियोले पुगेन पललाई

फिल्मीखबर, काठमाडौं, 2016/02/10

नेपालमा सर्वाधिक कमाई गरिरहेको फिल्म ‘नाई नभन्नु ल ४’ को मुख्य अभिनेता हुन् पल शाह । म्यूजिक भिडियोमा हिट भएपछि पललाई निर्देशक विकास आचार्यले फिल्ममा लिएका थिए । विकासलाई पलको भिडियो क्रेजले फिल्मको व्यापारमा काम गर्छ भन्ने सोच छ ।


फिल्म खेलेपछि पलले भिडियोमा अभिनय गर्न कम गर्छन् भन्ने पनि धेरैलाई लागेको थियो । तर, पलले भने त्यस्तो गरेनन् । फिल्म रिलिज हुन अब २ महिना बाँकी छ । तर, पलको भिडियोमा अभिनय र सार्वजनिक हुने क्रम रोकिएको छैन ।केही दिन अगाडि पल र आँचल शर्मालाई फिचर गरिएको गीत ‘चिया कफी’ सार्वजनिक भयो । गीतको दृश्यलाई धेरैले भिडियो जस्तै भने ।


‘नाई नभन्नु ल ४’ को यो गीत सार्वजनिक भएको केही  दिन भित्रै पलले मोडलिङ गरेका ४ वटा जति गीत सार्वजनिक भए । जसले फिल्मको गीतलाई कुनै न कुनै रुपमा असर ग¥यो ।
भिडियोमा देखिएका कलाकारलाई हलसम्म हेर्न दर्शक जाँदैनन् भन्ने धेरैको वुझाई छ । यो कुरा नेपालका थुप्रै मै हुँ भन्ने कलाकारमा लागू पनि भएको छ ।पल शाहले पनि भिडियोमा मोडलिङलाई रोकेर फिल्म प्रचार नगर्ने हो भने फिल्मलाई त घाटा लाग्छ नै उनको करिअरलाई पनि घाटा लाग्नेछ । पल फिल्ममा जम्ने कि म्युजिक भिडियोमा रमाएर बस्ने उनले बेलैमा निर्णय गरेको राम्रो ।

Most Visited News (monthly)