मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

सिक्वेल मन पर्दैन अनमोललाई

फिल्मीखबर, काठमाडौं, 2016/02/10

अभिनेता अनमोल केसी फिल्म खेल्न धेरै कुरा हेर्छन् भन्ने कुरा त सबैलाई थाहा छ । अनमोलको हातमा आएका सबै फिल्म उनले खेलेको भए सायद उनी करोडपति बनिसक्थे । अनमोलले फिल्म खेल्नका लागि धेरै कुरा मिल्नुपर्छ ।


उनै अभिनेता अनमोल केसी फिल्मको सिक्वेलमा पनि देखिन नचाहेको देखिन्छ । अभिनेता अनमोलले नै काम गरेको फिल्म होस्टेलको सिक्वेल बन्यो, ‘होस्टेल रिटन्र्स’ । जसमा पनि उनलाई अफर गरिएको थियो । तर, उनले काम गर्ने इच्छा देखाएनन् । दुर्गिस ब्यानरले नै फिल्म ‘सायद २’ मा अनमोललाई अफर गरेको थियो । सायदको सिक्वेलमा पनि खेल्न चाहेनन् अनमोल । अहिले ‘होस्टेल रिटन्र्स’मा अभिनय गरेका कलाकार सुशिल श्रेष्ठ ‘सायद २’ मा देखिदैछन् ।


अनमोलले अर्को फिल्मको सिक्वेलमा पनि काम नगर्ने पक्का भैसकेको छ । ‘ए मेरो हजुर’ जस्तो हिट फिल्मको सिक्वेल ‘ए मेरो हजुर २’ मा पनि यिनले काम गर्न मानेनन् । अनमोललाई नै लामो समयदेखि कुरिरहेकी फिल्मकी निर्देशक झरना थापाले अब भने नयाँ अभिनेताको खोजी गरेकी छिन् । अनमोल र झरनाले सहमतिमै काम नगर्ने भएका हुन् ।
अभिनेता अनमोल केसीले लगातार ३ वटा फिल्मको सिक्वेलमा काम नगर्ने बताए ।

 

के अनमोल अरु अभिनेताले काम गरिसकेको वा आफैले काम गरेको  फिल्मको सिक्वेलमा काम गर्न चाहदैनन्, घटनाक्रमले त्यस्तै देखाएको छ । तर के उनी रिलिज हुन लागेको फिल्म ‘ड्रिम्स’ हिट भयो र पिता भुवन केसीले सिक्वेल बनाउने घोषणा गरे आफ्नो बाबुलाई पनि नकार्नेछन् ? यसको उत्तर सायद समयले दिनेछ ।