मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

अनाथ बालबालिकासँग खुशी साट्दै आर्यन

फिल्मीखबर, काठमाडौं, 2016/02/10
बीआइए फाउन्डेशन र अनाथ बालबालिकालाई आश्रय दिदै आएको शरस्याङ् घरले लोछार पर्व बीआइएको कार्यलय जोरपाटीमा मनाएका छन् । सो समयमा विभिन्न संकृती झल्कने भेषभुषामा बालबालिकाले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।
 
 
सो कार्यक्रममा अभिनेता आर्यन सिग्देल प्रमुख अतिथीको रुपमा उपस्थित भए । आर्यन कमै मात्र यसरी कार्यक्रममा सहभागी हुने गर्दछन् । बालबालिकाहरुले नायक सिग्देललाई भेट्दा खुबै खुशी लागेको बताए । आर्यनले पनि आफूले यसरी बालबालिकासँग समय बिताउँदा आनन्दको अनुभुती भएको प्रतिक्रिया दिए । 
 
 
६० जना अनाथ बालबालिका शरस्याङ् घरमा रहँदै आएका छन् । नेपाली चलचित्रका चर्चित अभिनेता सिग्देलले बालबालिकसँग तस्बिर खिचाए । यती मात्र होइन, उनलाई बालबालिकाले घेरेर अटोग्राफ पनि लिएका थिए । शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘क्लासिक’का नायक आर्यन दृष्टिबिहिनको भूमिकामा देखिएका छन् ।