अभिनेता निखिल उप्रेतीलाई यसअघि अमेरिकाले भिषा नदिएको चर्चा चलेको थियो । नाम फरक भएकै कारण अमेरिकाले भिषा नदिएको भनिँदै गर्दा शुक्रबार निखिल अमेरिका उडेका छन् । आफ्नै निर्माण निर्देशनमा बनेको फिल्म 'भैरव'को प्रदर्शनीको लागी निखिल अमेरिका उडेका हुन् ।
नेपालमा हिट लिस्टमा परेको यो फिल्मले बिजनेश राम्रो गरेको थियो । उनको कमब्याक फिल्मको तारिफ पनि राम्रै हुँदैगर्दा विदेश प्रदर्शनको डिमाण्ड बढेको निखिलले यसअघि नै बोलेका थिए । सोहेबअनुसार अमेरिकामा हुन लागेको 'भैरव' को शो मा निखिल स्वयंम उपस्थित हुने छन् ।
यसैबीच अमेरिका उड्नुपुर्व निखिल नयाँ फिल्ममा अनुबन्ध भएको खबर छ । निर्देशक मधुसुदन भट्टराईको नयाँ फिल्ममा निखिल अनुबन्ध भएको भट्टराईले जानकारी गराए ।