Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 2.67/5.00)
Text size:-
+
-

अनमोलकै कारण भूवन र सुस्मिता ८ बर्षसँगै

फिल्मीखबर, काठमाडौं, 2016/02/05

अभिनेता भूवन केसी र अभिनेत्री सुस्मिता केसी अलग भएको धेरै भईसक्यो ।  यो जोडी अलग भएपनि छोरा अनमोल केसी भने बाबु भूवनको साथमा बस्दै आएका छन् । तर, यो जोडीको डिभोर्स धेरै पहिले भएको खुलेको छ ।


अभिनेता अनमोल केसीले आफू २ कक्षा पढ्दा नै भूवन र सुस्मिताको डिभोर्स भएको खुलासा गरेका हुन् । तर, आफ्नै आग्रहमा आफ्नो बाबु–आमा ८ बर्ष एकसाथ बसेको अनमोलले रहस्य खोलेका छन् । साप्ताहिकसँग कुरा गर्दै अनमोलले आफूले एसएलसी दिएपछि अलग हुन बाबु आमालाई भनेको र त्यो कुरा दुवैले मानेको उनले बताएका छन् । आफूले बाबु र आमाको कुरा मिल्दैन भन्ने वुझेपछि अलग हुन सल्लाह दिएको अनमोलको भनाई छ ।


बाबु भूवनसँग बस्नुको कारणबारे अनमोलले घरको प्रेम बताएका छन् । सिनामंगलको घरमा लगाइएका रुख, त्यहाँका हावापानी र आफन्त सबैका कारण आफू बुबासँग बसेको उनले बताए । उनले अभिनेता भूवन केसीलाई आफ्ना ड्याडी भन्दा पनि साथी भनेका छन् ।

Most Visited News (monthly)