मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दर्शकमाझ एकसाथ चार फिल्म

फिल्मीखबर, काठमाडौं, 2016/02/05
पछिल्लो दुई महिनायता रिलिज धेरै नेपाली फिल्मले बिजनेश राम्रो गर्न सकेनन् । तर पनि लगातार जसो शुक्रबार आउँदा फिल्मबीच रिलिजको भिडन्त भने रोकिएको छैन् । यो बीचमा शुक्रबारबाट चार फिल्म एकसाथ प्रदर्शनमा आएका छन् । फिल्म हुन्, 'सुपरहिट', 'कैफियत', 'बिन्दास ३' र 'कसैलाई नभन्नु' । 
 
बिनिता बराल स्टारर 'सुपरहिट'ले फिल्म बनाउन संघर्ष गर्दैगरेका युवाहरुकै कथा बोल्छ । बिहिबार गरिएको प्रिमियरबाट पनि फिल्मले राम्रो रिभ्यू भेटेको छ  । मुभी इन्फिनिटीले निर्माण गरेको यो फिल्मलाई निरञ्जन पाण्डे र सौरभ ढकालले निर्देशन गरेका हुन् । भने नन्दिता केसीको कैफियतलाई दशरथ गिरीको निर्देशनमा तयार भएको हो ।  फिल्ममा  नन्दितासँगै नविन श्रेष्ठ, सिपी पौडेल, सजना थापा ’रोज’ लगायत लिड रोलमा छन् । 
 
उता 'बिन्दास'को तेस्रो सिक्वेल बनाएका राजु गिरीले यौन प्रेमको कथालाई यो फिल्ममा उतारेका छन् । फिल्ममा सुभेच्छा थापा, मनिष कार्की, अशोक फुयाँल लिड रोलमा छन् । त्यस्तै अर्को फिल्म 'कसैलाई नभन्नु' पनि कसैलाई नभन्दै जसरी गुपचुप जस्तो पर्दामा आएको छ । फिल्मले अन्तरजातीय प्रेमको कथा बोल्छ । सर्जु लामिछानेको प्रस्तुतीमा तयार यो फिल्ममा किशोर केसी, आयुष्मा कार्की, देशभक्त खनाल, दिनेश शर्मा, पुष्कर भट्ट र शिवहरि रेग्मी लगायतको मुख्य अभिनय रहेको छ ।
 
चार फिल्म एकसाथ भिड्दैगर्दा घाटा भने सबैलाई हुनेमा दुई मत छैन् । तर बिजनेशमा को पहिलो र दोश्रो हुन्छ त्यो भने केहि दिनमा नै थाहा हुनेछ ।