पछिल्लो पटक खुलेको 'नयाँशक्ति' नामको राजनीतिक संगठनमा आवद्ध भएपश्चात अभिनेत्री करिश्मा मानन्धर फिल्मी भन्दा पनि राजनीतिक कुराले चर्चामा छिन् । कतै आलोचना त कतै तारिफ भेटेकी करिश्मासँग फिल्मीखबरले गरेको भिडियो अन्तर्वार्तामा उनले फिल्म र राजनीति फरक बिषय भन्दै दुबैलाई एकसाथ जोडेर नहेरिदिन आग्रह गरेकी छिन् ।
हरेक कलाकारले राजनीति बुझ्न आवश्यक रहेको भन्दै उनले आफ्नो नामसँग जोडेर गरिएको आलोचना नेपाली राजनीतिक अबस्थाप्रतिको बितृष्णा भएको जिकिर गरिन् । रिलिजको संघारमा रहेको आफ्नो फिल्म 'फागु' दर्शकको चाहना तथा भावना अनुसारको बनेको भन्दै पर्दामा आएपछि दर्शकको साथ पाउने आशा करिश्माको छ ।
हरेकहप्ता पर्दामा तीनदेखी चार फिल्मसँगको भिडन्त भईरहँदा नेपाली दर्शकले टिकटमा लगानी गरेर सबै फिल्म हेर्नसक्ने अबस्था छ त भन्ने प्रसङ्गमा उनले आफुलाई 'स्याण्डविच'को संज्ञा दिँदै दुई स्याण्डविच बीचको (मासु) मिठो कुरा आफु रहेकोले दर्शकले त्यही मिठो खोज्दै हलसम्म आउने दाबी गरिन् ।
अभिनेत्री करिश्मा मानन्धरसँगको पछिल्लो भिडियो कुराकानी हेर्नुहोसः

