मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शिल्पा कतै रेखा पथमा त छैनन् ?

फिल्मीखबर, काठमाडौं, 2016/02/03
अभिनेत्री शिल्पा पोख्रेलले आजसम्म ४ वटा फिल्ममा काम गरिन् । अहिले पनि उनी अर्को एउटा फिल्मको सुटिङमा व्यस्त छिन् । ४ वटा फिल्म मध्ये २ वटा रिलिज भए भने २ वटा रिलिज हुने क्रममा छिन् । यी २ फिल्ममा शिल्पा पोख्रेल लाउड देखिएकी छिन् ।
 
शिल्पाले अभिनय गरेको पहिलो फिल्म 'लज्जा'मा उनको अभिनय प्रेमीको साथै विरोधी पनि छ । फिल्म 'हवल्दार सुन्तली'मा त शिल्पा अत्याधिक लाउड देखिएकी छिन् । यो फिल्ममा शिल्पा बदलाको भावनाले प्रहरीमा लागेकी यूवतीको भूमिकामा छिन् । शिल्पाको दोहोरो भूमिका रहेको फिल्ममा उनले द्धन्द्धका साथै संवाद पनि खुबै लाउडमा बोलेकी छिन् ।
 
अहिले शिल्पा अभिनित फिल्म 'फागू'को ट्रेलर सार्वजनिक भएको छ । यो फिल्मको ट्रेलरमा शिल्पाको चर्को आवाज झनै बढेको छ । वघिनी बनेर बदलाको भावनामा शिल्पा यो फिल्ममा देखिएकी छिन् । उनले काम गरेको चौथो फिल्म किस्मत २ सार्वजनिक नभएकाले उनको भूमिका खुल्न सकेको छैन ।
शिल्पाले अहिले अर्को फिल्म 'हामी शरणार्थी'मा काम गरिरहेकी छिन् । जसको नामले पनि उनी यसमा पनि बदलाको भावनाले अगाडि बढेको वुझ्न सकिन्छ ।
 
शिल्पाले काम गरेका ३  वटा फिल्मलाई नियाल्ने हो भने उनी विरोधी यूवतीको शैलीमा अगाडि बढेकी छिन् । आखिर शिल्पा पनि अभिनेत्री रेखा थापा जस्तै नारीप्रधान भूमिकामा नै अगाडि बढ्ने हुन् त ?