Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रहेनन् नृत्य निर्देशक रायमाझी

फिल्मीखबर, काठमाडौं, 2016/02/03
चर्चित नृत्य निर्देशक बसन्तजंग रायमाझीले यो संसारबाट बिदा लिएका छन् । उपचारको क्रममा नर्भिक अस्पताल थापाथलीमा बुधबार बिहान उनको निधन भएको हो । ८१ बर्षिय रायमाझी एक्कासी बेहोस भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । 
 
रायमाझीको शवलाई अहिले श्रद्धाञ्जलीको लागी प्रज्ञा प्रतिष्ठान कमलादीमा राखिएको छ । भने आज साँझ नै आर्यघाटमा दाह संस्कार गरिने पारिवारिक श्रोतले बताएको छ । बलिउडमा करिब सय बढी फिल्ममा नृत्य गरेका बसन्त जंग रायमाझी देशको मायाले नेपाल आएका थिए ।
 
उनले अभिनेता अमिताभ बच्चनसँग पनि फिल्ममा सँगै नृत्य गरेका थिए । रायमाझीले डेढ सय भन्दा बढी नेपाली फिल्ममा कोरियोग्राफी र नृत्य गरेका छन् । उनका २ छोरा र १ छोरी छन् ।
Most Visited News (monthly)