Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

कसलाई हेर्ने नम्रता, सुष्मा कि पूजा ?

फिल्मीखबर, काठमाडौं, 2016/02/03
माघ २९ गतेबाट प्रदर्शनमा आउने ३ फिल्मको चर्चा गर्ने हो भने, यसमा काम गरेका ३ अभिनेत्रीको चर्चा स्वभाविक हुन्छ । यो मितिमा प्रदर्शनमा आउने ३ फिल्मले आफूलाई भिन्न भिन्नै किसिमले दाबी गरिरहेका छन् ।
 
तर, यी फिल्ममा ३ महिला पात्र छन्, जसको चर्चा नेपाली फिल्म क्षेत्रमा आ आफ्नै किसिमले हुने गर्दछ । फिल्म 'क्लासिक'की मुख्य हतियार हुन्, नम्रता श्रेष्ठ । यदि, नेपालमा ५ जना अभिनेत्री चलेका छन् भने ती मध्ये एक हुन्, नम्रता । नम्रताको अभिनय र रुपले धेरैलाई घायल बनाएको छ । फिल्मको निर्माण यूनिट नम्रताको स्टारडमले काम गर्ने कुरामा ढुक्क छ ।
 
निर्देशक सुदर्शन थापा भने आफ्नो फिल्म 'प्रेमगीत'मा राइजिङ स्टार भएको बताउँछन् । यो फिल्ममा अभिनेता प्रदिप खड्का नयाँ हुन् भने पूजालाई पुरानी अभिनेत्रीको रुपमा हेर्न सकिन्छ । जसले, यसअगाडि 'थ्री लभर्स', 'मधुमास', 'चंखे शंखे पंखे' र 'अझै पनि'मा काम गरिसकेकी छिन् । यसैले पूजाका फ्यानका लागि पनि प्रेमगीत पर्खाइमा हुनसक्छ ।
 
अर्की, अभिनेत्री यही मितिमा आउँदैछिन्, सुष्मा कार्की । सुष्मा कार्कीको छाप नेपाली फिल्ममा हट अभिनेत्रीको रुपमा छ । तर, सुष्मा 'फिल्म चलेस बतास सुस्तरी'मा आफूलाई निखार्दै अभिनय र सुन्दरतामा केन्द्रित छिन् । सुष्मा कार्की नेपाली फिल्म नगरिमा अर्की एक चर्चित कलाकार हुन् । जो अभिनय भन्दा पनि स्क्यान्डलले चर्चामा थिइन् । 
 
अब भने उनी अभिनयका कारण चर्चामा रहने दाउमा छिन् । यसैले यो मितिमा बिषयवस्तु, निर्माता, निर्देशक, अभिनेताको मात्र नभई अभिनेत्रीको लडाई पनि राम्रै हुँदैछ ।
 
Most Visited News (monthly)