Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

क्लासिक प्रोफाईलले निर्देशक कति खूशी ?

फिल्मीखबर, काठमाडौं, 2016/02/02
नेपाली फिल्ममा पहिलो पटक प्रयोग गरिएको प्रोफाइल परिवर्तनको अभियानले क्लासिक फिल्मलाई फाइदा दिएको छ । करिब १५ हजार भन्दा बढीले  यसको प्रोफाइललाई परिवर्तन गरिसकेका छन् । केही दिन अगाडि काठमाण्डौ बाहिरका विभिन्न स्थानमा पुगेर आएका क्लासिक फिल्मका निर्देशक दिनेश राउतलाई प्रोफाइलमा क्लासिक राख्ने फन्डाले काम गरेको भन्ने लागेको छ ।
 
उनले काठमण्डौ बाहिर क्लासिकको चर्चा प्रोफाइलमा क्लासिक नामक अभियानले बढी भएको बताए । गीतसंगीत पनि फिल्मको हिट छन् , तर गाउँ गाउँमा फेसबुक प्रयोग गर्नेले प्रोफाइल परिवर्तन गरेका छन्, राउतले भने । यो अभियानले फिल्मलाई फाइदा पुग्नेमा निर्देशक ढुक्क देखिएका छन् । करिब १५ हजारले प्रोफाइल परिवर्तन गर्दा ७ लाख भन्दा बढीले क्लासिकको बारेमा जान्न पाएका छन् ।
 
आर्यन सिग्देल, नम्रता श्रेष्ठ लगायतका कलाकारको मुख्य भूमिका रहेको यो फिल्म माघ २९ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्मको ट्रेलर र गीतसंगीत चर्चामा छन् । सुवास गिरी र आर्यन सिग्देलले मिलेर यो फिल्म बनाएका हुन् ।
Most Visited News (monthly)