बलिउड स्टार अक्षयकुमार अभिनित फिल्म 'एअर लिफ्ट' बर्ष २०१६ को सर्वाधिक कलेक्शन गर्ने फिल्म बनिसकेको छ । बर्ष प्रारम्भको पहिलो महिनामा प्रदर्शनमा आएको यो फिल्मले सय करोडको बिजनेश आँकडा पार गर्दैगर्दा १सय ५७ प्रतिशत फाईदामा छ ।
यो फिल्म जम्मा ३० करोडको लागतमा निर्माण भएको तथा पब्लिसिटी लगायत गरी जम्मा खर्च ४० करोड बताईएको छ जहाँ की फिल्मले अहिलेसम्म १ सय २ करोड ७६ लाखको बिजनेश गरिसकेको छ । फील्म अहिले पनि हलहरुमा प्रदर्शनरत छ यो हिसाबले बिजनेश अघि बढ्दैगर्दा २ सय प्रतिशत फाईदामा फिल्म जानसक्ने बलिउड पण्डितहरुले आँकलन गरिरहेका छन् ।
६२ करोड ७६ लाख नाफा कमाएको यो फिल्ममा अक्षय र निर्मत कौर लिड रोलमा छन् । समिक्षकहरुको नजरमा पनि राम्रो प्रतिक्रिया पाएको 'एयरलिफ्ट'लाई राजा मेनोनले निर्देशन गरेका हुन् । जनवरी २२ मा रिलिज भएको फिल्मले कुवेतमाथी ईराकले आक्रमण गर्दाको समयको कथा बोल्छ ।

