Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.00/5.00)
Text size:-
+
-

केकीले गर्दा सविनलाई यो के भयो ? (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/02/02
संगीतकार चेतन सापकोटाले कार्यकारी निर्माता बनेर पहिलो पटक लगानी गरेको फिल्म 'भाग् सानी भाग्'को नयाँ गीत रिलिज भएको छ । 'यो के भाको' बोलको सार्वजनिक गीतका शब्द दर्शकको मनमा बस्ने खालका छन् । जहाँ लिड अभिनेता सविन श्रेष्ठ र अभिनेत्री केकी अधिकारी फिचरिङमा छन् ।
 
भिन्न लोकेशनमा खिचिएको यो गीतको भिडियोमा समावेश दृश्यहरु पनि मनमोहक छन् । सार्वजनिक गीतमा दयाराम पाण्डेको शब्द छ भने संगीत कार्यकारी निर्माता सापकोटाको नै छ । स्वर भने राज सिग्देल र अञ्जु पन्तको छ । यो फिल्म चैत्र ५ मा रिलिज हुँदैछ ।
 
नवल नेपालको निर्देशन रहेको 'भाग सानी भाग'सँगै अभिनेता सविनको अर्को फिल्म पनि रिलिज हुने पक्का भएपछि प्रचारलाई गती दिन अहिले यो फिल्म युनिट कम्मर कसेर लागिसकेको छ । सहदेव गौतम, विलोल पोखरेल र विष्णु चापागाईं निर्माता रहेको फिल्ममा कोरियोग्राफी कविराज गहतराजको छ भने द्वन्द्व हिमाल केसीको छ ।
 
भिडियो हेर्नुहोसः

Most Visited News (monthly)