शुक्रबार अर्थात माघ २२ गतेबाट नेपालभर रिलिज हुने फिल्म हो, कैफियत । कैफियतका निर्देशक हुन् दशरथ गिरी । दशरथले यसअघि फिल्ममा सम्पादन र भीएफएक्सको काम गर्दै आएका थिए ।उनले आफ्नो फिल्ममा उच्च प्रविधिको प्रयोग गरिएको दाबी गर्दै फिल्म कैफियत कथासँगै प्रविधिको प्रयोगका लागि पनि हेर्नुपर्ने जिकिर गर्दै आएका छन् ।
उनले रिलिजको पूर्वसन्ध्यामा पनि फिल्मीखबरसँगको कुराकानीमा सोही दाबी दोहोर्याए ।मनोरञ्जनले भरिएको आफ्नो फिल्म हेरक कुराबाट व्यवसायिक रहेको उनको दाबी छ । शंकर शाही ठकुरी र नन्दिता केसी फिल्मका मुख्य कलाकार हुन् ।विभिन्न सिरियलमा देखिएका शंकरको द्धन्द्धलाई पनि ट्रेलर सार्वजनिक भएपछि रुचाइएको छ । शंकर यो फिल्मबाट आफूले ठूलो आशा गरेको यो क्षेत्रमा जम्ने सोचमा रहेको दाबी गर्छन् । कैफियत पारिवारिक, प्रेम कथामा तयार भएको फिल्म हो ।

