Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 2.67/5.00)
Text size:-
+
-

सुरु भयो ‘संरक्षण’ । निखिल र सौगातका कारण प्रतिक्षित हुनेछ फिल्म

फिल्मीखबर, काठमाडौं, 2016/02/01

फिल्म‘संरक्षण’को छायांकन सुरु गरिएको छ । अघोषित नाकाबन्दी केही खुकुलो भएपछि यो फिल्मको छायांकन पनि सुरु गरिएको हो । काठमाण्डौ, विरगञ्ज र हेटौडामा फिल्मको छायांकन हुनेछ ।फिल्ममा राजनीति, शक्तिको विचमा जनता कसरी पेलिन्छन् भन्ने कथालाई देखाउन खोजिएको छ ।

 

जसमा मिडिया र प्रहरीको भूमिकालाई पनि चित्रित गरिनेछ ।फिल्म ‘संरक्षण’मा निखिल उप्रेती, सौगात मल्ल, मलिना जोशी, अशिष्मा नकर्मी मुख्य भूमिकामा छन् ।यो फिल्मको छायांकन ३५ दिनमा सक्ने योजना निर्देशक पुर्णेन्दु झाको छ ।फिल्मलाई प्रदिप कुमार उदय, नरेन्द्र महर्जन, पुर्णेेन्दु झा, नन्दु श्रीवास्तव लगायतले निर्माण गर्न लागेका हुन् ।

 

फिल्म ‘संरक्षण’ २०७३ सालको भदौ महिनामा प्रदर्शनमा आउनेछ । फिल्ममा अभिनेताद्धय निखिल उप्रेती र सौगात मल्ल प्रहरीको भूमिकामा देखिदैछन् ।सौगात र निखिल पहिलो पल्टसँगै काम गर्न लागेका हुन् । निखिल सिंगल स्क्रिनका हिरो मानिन्छन् भने सौगातलाई मल्टिप्लेक्स दर्शकले ज्यादा रुचाउने गरेका छन् । त्यसैले पनि फिल्मलाई धेरैले चासोका साथ हेरेका छन् ।
 

Most Visited News (monthly)