निर्माण भएको करिब २ बर्षपछि प्रदर्शनमा आउन लागेको अभिनेता आर्यन सिग्देल अभिनित फिल्म ‘आवेग’ हेर्नका लागि अब बालबालिकाका लागि बाबु आमाको साथ चाहिने भएको छ । चलचित्र सेन्सर बोर्डबाट यो फिल्मले पीजी सर्टिफिकेट पाएको छ । यसको अर्थ हुन्छ, फिल्म हेर्नका लागि बालबालिकालाई बाबु आमाको साथ चाहिन्छ ।
बसन्त निरौलाले निर्देशन गरेको यो फिल्मको प्रस्तुतकर्ता सूर्य कार्की हुन् । यसअघि फिल्म ‘मेरो जीवन साथी’ बनाएर डुबेका सूर्य अब यो फिल्मबाट उठ्ने आशमा छन् ।फिल्म ‘आवेग’मा आर्यन सिग्देल, धु्रव दत्त, अर्चना डेलाला, पवित्रा आचार्य मुख्य भूमिकामा छन् । यो फिल्ममा अभिनेता आर्यन सिग्देललाई पूर्ण रुपमा एन्ग्री अवतारमा देखाइएको छ ।चैत्र १२ गतेबाट प्रदर्शनमा आउने फिल्मका लागि अहिले यसका निर्देशक निरौलाको दौडधुप चुलिएको छ । उनले फिल्म हेरेर दर्शकले मनोरञ्जन पाउने बताए ।

