Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मौसम तात्यो, तातेनन् फिल्म हेर्ने दर्शक

फिल्मीखबर, काठमाडौं, 2016/01/31

दुई दिनमा ४२ लाख ग्रस कलेक्शन गरेको फिल्म ‘पशुपति प्रसाद’ले पनि नेपाली फिल्मको सुस्ताएको माहोल तताउन सकेन । शनिबार बिदाको दिन देशभरका ६० पर्दाबाट जम्मा २५ लाख ग्रस गरेको फिल्मले पहिलो दिन १७ लाख मात्र कमाउन सक्यो । प्राय नेपाली फिल्मको व्यापार पहिलो दिन भन्दा दोश्रो दिन अर्थात शनिबार दोब्बर भन्दा धेरै हुन्छ । तर ‘पशुपति प्रसाद’को व्यापार झन् ओरालो लागेको देखियो ।  


पौष महिनामा सुनसान देखिएको फिल्म माहोल माघ लागेपछि पनि उकालो लागेको छैन । ‘फन्का’े, ‘काफल पाक्यो’ जस्ता फिल्मले पनि केही गर्न सकेनन् । ‘पशुपति प्रसाद’ले फिल्म बजारलाई आक्रामक बनाउँछ भन्ने अड्कल पनि फेल खाएको देखियो ।


शुक्रबारबाट नै प्रदर्शनमा आएको फिल्म ‘रिफ्यूजी’को त झन्, चर्चा र व्यापार दुबै सुनसान छ । अभिनेता जीवन लुइटेलको यो बर्ष लगातार ३ वटा फिल्म असफल हुने संकेत देखिएको छ । ‘धुन’ र ‘काफल पाक्या’े दुबै असफल भैसकेका छन् ।करिब डेढ महिनाको अवधीमा लगातार फिल्म सोचे अनुरुप नचल्दा आखिर कुन् फिल्मले ब्रेक थ्रु दिलाउलान् सबैलाई प्रतिक्षा रहनेछ ।

Most Visited News (monthly)