अभिनेता रणवीर कपुर र अभिनेत्री कट्रिना कैफको प्रेममा ब्रेक लागिसकेको छ । कुनै समय बिहे गर्नका लागि समेत तयार देखिएको यो जोडी अन्तत अलग हुने निर्णयमा पुग्यो । कट्रिना र रणवीरको प्रेममा देखिएको ब्रेकअपले बलिउड मात्र नभई उनका फ्यानलाई पनि चिन्तित बनाएको छ ।
सामाजिक संजाल ट्विटरमा हरेक कुरामा टिप्पणी गर्ने अभिनेता ऋषि कपुर अहिले मौन छन् । उनले मिडियामा आउने विभिन्न खालका समाचारमा समेत टिप्पणी गर्दै आक्रोश पोख्ने गर्दथे । तर, अहिले उनी छोरा रणवीर कपुरको प्रेममा आएको ब्रेकअपमा भने मौन छन् । यसको मुख्य कारण रणवीर नै हुन् ।
रणवीरकै आग्रहका बमोजिम नीतु र ऋषि मिडियाबाट टाढा बसिरहेका छन् । मिडियाको अगाडि पर्दा छोराको ब्रेकअपको बारेमा बोल्नु पर्ने भयका कारण नीतु र ऋषि मिडियाबाट टाढा बस्न थालेका हुन् । ऋषि र नीतुले रणवीर र कट्रिनाको ब्रेकअपको बिषयमा पनि ट्विटरमा कुनै कुरा लेखेका छैनन् । धेरैले उनीहरुको ब्रेकअपका पछाडि ऋषि र नीतुकै हात रहेको समेत टिप्पणी गरेपछि उनीहरु मौन बसेका हुन् ।

