Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`राहदानी`को बियोगान्तक गीत सार्वजनिक

फिल्मीखबर, काठमाडौं, 2016/01/29

चलचित्र ‘राहदानी’को मलेशियामा छायाँकन गरिएको बियोगान्तक गीत ‘जिन्दगीको गोरेटोमा हिड्दा हिड्दै पुगेँ कते...’को भिडियो बिहिबारबाट सार्वजनिक गरिएको छ । सामाजिक सञ्जाल यु ट्युव, तथा विभिन्न टेलिभिजन च्यानलबाट यो गीतको भिडियो सार्वजनिक गरिएको हो ।

 

चण्डी श्रेष्ठले लेखेको यो गीतमा जुगल डँगोलको संगीत र प्रमोद खरेलको स्वर रहेको छ । बिदेशमा रहँदा भोग्नु परेको समस्या र त्यत्तिबेला घर परिवारको सम्झनाले पिरोल्दाको पीडा यो गीतमा देखाईएको छ । गीतमा दयाहाङ राई र अशोक रिजालको अभिनय गरेको छ ।


‘राहदानी’ आगामी १२ चैतबाट देशव्यापी रिलिज हुने भएकाले चलचित्रको यो गीत सुरुमा सार्वजनिक गरिएको यसका निर्माता लक्ष्मी प्रसाद ढकालले जानकारी गराए । डब्बु क्षत्रीको लेखन निर्देशन रहेको चलचित्र ‘राहदानी’का अन्य कलाकारमा नविन लम्साल, रुपा खनाल, सृजना सुब्बा, बिनिता घिमिरे, विधा कार्की, विकाश जोशी, मोनिका दाहाल, तेन्जिङ शेर्पा, अस्मिता बस्नेत, दिनेश दुलाल लगायत छन् ।