Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आयो `लक्ष्य`को `टेकेर दिलको दैलो`

फिल्मीखबर, काठमाडौं, 2016/01/29

‘लक्ष्य’ फिल्मको टेकेर दिलको दैलो बोलको ‘स्याड सङ’ बिहीबार सार्वजनीक गरिएको छ । मिलन आले मगरको निर्देशनमा ओमलाल गुरुङले निर्माण गरेको फिल्म चैत्र ५ गते प्रदर्शन हुदैछ ।


अञ्जु पन्तले गाएको सो गीत सुशील पंगेनीले लेखेका हुन् । अर्जुन पोखरेलको संगीत रहेको सो गीतको भिडियोमा सारिका केसी र सबिन श्रेष्ठले अभिनय गरेका छन् । रामजी लामीछानेले कोरियोग्राफी गरेको उक्त गीत लम्जुङका बिभिन्न स्थानमा खिचिएको हो ।

 

केही समयअघि उदितनारायणले गाएको ‘कुन बेला आइ बस्यौ मनको मझेरीमा’ बोलको ‘लभ सङ’ सार्वजनिक गरेको ‘लक्ष्य’ युनिटले केही समयपछि ‘नाची दिन्छु दामी छमछमी ’बोलको ‘आइटम सङ’ बजारमा ल्याउने योजना बनाएको छ । प्रोमो सार्वजनिक भएदेखिनै चर्चामा रहेको ‘लक्ष्य’का गीतले पनि राम्रो प्रतिक्रिया पाइरहेका छन् । 

 

फिल्ममा सबिन श्रेष्ठ, सारिका केसी, अनु् शाह, सुनील थापा, अर्जुनजंग शाही, भानुप्रतापलगायतले अभिनय गरेका छन् । सुमनकुमार तण्डुकारले खिचेको फिल्मको स्क्रिप्ट सुसील पंगेनीले लेखेका हुन् ।

 

 

 

 

Most Visited News (monthly)