Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

आयो `च्याम्पिएन` ट्रेलर, पारसले गरे सार्वजनिक

फिल्मीखबर, काठमाडौं, 2016/01/29

फागुन १४ गतेबाट अल नेपाल रिलिज हुने फिल्म ‘च्याम्पिएन’को ट्रेलर सार्वजनिक भएको छ । काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै फिल्मको ट्रेलर नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काको हातबाट सार्वजनिक गराइएको हो ।

 


वीवी फुयाँलको निर्देशनमा बनेको यो फिल्मलाई कृष्ण पोखरेलले प्रस्तुत गरेका हुन् । फिल्ममा दीक्पाल कार्की, मन्जिता केसी मुख्य भूमिकामा छन् ।क्रिकेटरको कथा बोक्ने फिल्म भएकाले पनि आफू कार्यक्रममा उपस्थित भएको पारसले बताए । उनले हरेक खेलकुदलाई समेट्ने बिषयमा फिल्मको निर्माण हुन जरुरी रहेको जानकारी दिए । निर्देशक वीवी फुयाँलले फिल्म ‘च्याम्पिएन’को कथाले हरेक नेपालीलाई जोड्ने बताए ।


कलाकार दीकपाल कार्कीले फिल्मको कथामा काम गर्न आफ्ना लागि गाह्रो र चुनौती दुबै भएको जानकारी दिए । एक यूवकमा देखिएको क्रिकेटप्रतिको मोह र उसले गर्ने संघर्षलाई फिल्मले पर्दामा उठान गरेको छ ।

 

 

फिल्मको ट्रेलर यस्तो छ - 

 

 

Most Visited News (monthly)