माघ २२ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘विन्दास ३’ मा त्रिकोणात्मक प्रेमकथा रहेको निर्देशक राजु गिरीले बताएका छन् । उनले फिल्म भित्र आफूले दुई यूवक र एक यूवतीको प्रेमलाई देखाउन खोजेको बताए ।
यदि कुनै यूवाले जीवनमा माया भन्दा ठूलो शारीरिक सम्बन्ध सोच्छ भने त्यो उसको भ्रम हो भन्ने सन्देश फिल्मले दिने राजुको भनाई छ । त्रिकोणात्मक प्रेम कथाको यो फिल्ममा शुभेच्छा थापा, अशोक फुयाँल, मनिष कार्की मुख्य भूमिकामा छन् ।
शुभेच्छा इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो फिल्म ‘विन्दास’का अघिल्ला २ सिक्वेल भन्दा विल्कुल फरक रहेको राजुले बताए । उनका अनुसार, यसपटक दर्शकले फिल्मबाट मनोरञ्जन र शिक्षा दुबै लिन सक्नेछन् ।
गीतसंगीतका कारण चर्चामा रहेको फिल्म हेरेपछि दर्शक कथावस्तुमा पनि सन्तुष्ट हुने अभिनेत्री शुभेच्छा थापाले बताइन् । ‘कसले देख्यो र अप्सरा’लाई बोलको गीत अहिले चर्चामा छ ।राजु गीतसंगीत र कथा नै आफ्नो मुख्य हतियार भएको बताउँछन् ।

