अमेरिका जानु अगाडि फिल्म ‘बाबुसाहेब’ बनाएर चुर्लुम्म डुबेकी थिइन् अभिनेत्री करिश्मा मानन्धर । त्यसकै तोडले करिश्मा अमेरिका पलायन् भइन् र फर्केर हिरोइनमा कमव्याक गर्ने प्रयास पनि गरिन् । तर उनको कमव्याक गतिलो बन्न सकेन । यसैले अब उनी राजनीतिमा लागेकी छिन् । करिश्माको चर्चा सुन्दरताले बढी भयो । कामले कम चर्चा पाएपछि सुन्दरता आफैमा फिक्का हुन्छ । करिश्माको हकमा पनि यस्तै लागू भयो ।
उनै करिश्मा अहिले बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्तिमा प्रवेश गरेपछि उनले खुबै लाइम लाइट बटुलिन् । यो पार्टीमा अरु कलाकार पनि गएका थिए तर चर्चा करिष्माको मात्रै भयो । जसका कारण उनकै निर्माणमा बनेको फिल्म ‘फाग’ू भने ओझेलमा परेको छ । फिल्म रिलिज हुन एक महिना पनि बाँकी नरहँदा यसको प्रचार त कमजोर बनेकै छ, चर्चा पनि छैन ।
यो फिल्म करिश्माका लागि भएपनि चल्नुपर्छ । किनकी, ‘बाबुसाहेब’ पछि उनी लामो ग्यापका विच फिल्म नगरिमा निर्मात्रीको रुपमा आएकी हुन् ।तर, राजनीतिमा लागेर कुनै दलको बनेपछि करिश्मालाई के पुरानै नजरले दर्शकले हेर्लान् त भन्ने प्रश्न पनि छ ?
किनकी बाबुरामको समूहले जतिसुकै ठूला कुरा गरेपनि मानिसले उनको आइडियामा चलेको जनयुद्ध र माओवादीको असली चरित्र देखेका छन् । यस्तो अवस्थामा ‘फाग’ू यसैको सिकार बन्न सक्छ । किनकी दर्शक तान्ने फ्याक्टर करिष्मा पनि हुन् ।करिश्माले आफूलाई दर्शककै कलाकार भनेर चिनाएर ‘फाग’ूको प्रचार गर्न आवश्यक छ । तर, करिश्माको फिल्मको प्रचार सोचेजस्तो देखिएको छैन ।

