Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

फिल्म चल्दा भन्दा नचल्दै चर्चामा रजनी !

फिल्मीखबर, काठमाडौं, 2016/01/27

अचम्मको कुरा हुन्छ कलाकारका लागि । कोही फिल्म चल्दा पनि चर्चित हुँदैनन्, कोही नचलेर पनि चर्चित बन्छन् । फिल्म ‘लोफर’ चल्दा अभिनेत्री रजनी केसीको उचाई यतिधेरै थियो कि, मानौ उनी अबकी नयाँ स्टार हुन् । फिल्म रिलिज नै नहुँदा पनि कोही कलाकारले यतिधेरै चर्चा पाएको कमै सुनिएको थियो ।


तर, फिल्म असफल भयो, रजनीको चर्चा भयो । अब, फिल्म ‘परदेशी’ चलेर निर्माताको गोजीमा पैसा नै पैसा हुँदा पनि रजनी केसी गुमनाम छिन् । उनको चर्चा न फिल्म चल्नुअगाडि भयो न चलेपछि । फिल्ममा रजनीले उत्कृष्ट काम गरेको भन्छन्, दर्शक तथा फिल्मीकर्मी । तर रजनीले अन्य फिल्म साइन गरेर यसको स्वाद चाख्न पाइनन् ।

 
अब उनको हातमा एउटै फिल्म छ, ‘ब्रासलेट’ । ‘ब्रासलेट’ फिल्ममा पनि धेरै कलाकार भएकाले रजनीको चर्चा कसरी हुन्छ भोली नै थाहा हुने कुरा हो ।तर, फिल्म नचल्दा नै चर्चामा रहेकी यी अभिनेत्री अहिले  सुनसान छिन् । न त उनले रेखा थापाको ठाउँ नै लिन सकिन्, न त अन्य नयाँ अभिनेत्रीसँग प्रतिस्पर्धा नै गर्न सकेकी  छिन् । आखिर, रजनीको फिल्म चल्यो, तर करिअर चै दौडन बाँकी छ ।  
 

Most Visited News (monthly)