Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यस्तो देखियो सुरज सिंहको `जंगे` अनुहार

फिल्मीखबर, काठमाडौं, 2016/01/27
राणाकालिन प्रधानमन्त्री जंगबहादुर राणाको जीवन भोगाईलाई समेटेर तयार पारिएको फिल्म 'जंगे' को फर्स्टलुक पोस्टर सार्वजनिक  गरिएको छ । सार्वजनिक पोस्टरमा फिल्मका लिड कलाकारहरुको अनुहार समेटिएको छ । पोस्टर हेर्दा पुरानो ढर्राको नेपाली फिल्मको झल्को दिनसक्छ । भने क्यारेक्टर पोस्टरमा अभिनेता सुरजसिंह ठकुरीलाई केहि फरक गेटअपमा देखाईएको छ । 
 
 
ऐतिहासिक कथाबस्तु बोलेको फिल्मको रिलिज मिति बैशाख १७ लाई यसअघि नै सार्वजनिक गरिएको छ । सोही अनुसार प्रचार अभियानलाई सुरुवात गर्दै निर्माण टिमले फर्स्टलुक पोस्टर सार्वजनिक गरेको हो । राजनीतिक थ्रिलर जनरा भनिएको फिल्मलाई नेपालसँगै अष्ट्रेलिया, अमेरिका, युके, बेल्जियम लगायतका शहरहरुमा समेत प्रदर्शनको तयारी भईरहेको अष्ट्रेलियामा रहेका निर्माता तथा छायाँकार सुसन प्रजापतिले बताए ।
 
उत्कल थापाले निर्देशन गरेको फिल्ममा पटकथा तथा संवाद सुवास कोईराला र एमएस अग्रजले लेखेका हुन् । 'जंगे'मा सुरजसिंह ठकुरी, ऋचा शर्मा, अनुप बराल, दीपशिखा शाही, नरेश पौडेल, सुशांक मैनाली, प्रदिप ढकाल, सुशिलराज पाण्डे, जोएस पाण्डे, लगायतको अभिनय छ ।
 
Most Visited News (monthly)