Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सार्वजनिक भयो `फूलैफूलको मौसम तिमीलाई` ट्रेलर

फिल्मीखबर, काठमाडौं, 2016/01/27
प्रतिच्छित बनेको फिल्म 'फूलैफूलको मौसम तिमीलाई'को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । बुधबार युट्युवमा सार्वजनिक ट्रेलर हेर्दा आकर्षक लाग्छ । प्रेम, रोदन तथा द्वन्द्वात्मक पक्ष समेटिएको ट्रेलरमा समावेश दृश्य तथा संवादहरु मनछुने छन् । ट्रेलरमा अभिनेत्री नीता ढुङ्गाना तथा नव अभिनेता आमेश भण्डारी बीचको केमेष्ट्री जमेको देखिएको छ । 
 
ट्रेलरमा अभिनेत्री नीता दोहोरो भुमिकामा देखिएको भान हुन्छ । जसले दर्शकमा केहि सस्पेन्स उब्जाएको छ । निर्देशक दिनेश डिसीले यसअघि बोले जस्तै सांगितिक रुपमा तथा संवादगत रुपमा पनि फिल्मको सशक्त ट्रेलर बनाउने प्रयास गरेका छन् । फागुन २१ मा रिलिज हुने फिल्म यो फिल्म दिनेश डिसी प्रोडक्शनको व्यानरमा तयार भएको हो । यसअघि सार्वजनिक शिर्ष गीतले पनि फिल्मी बजारमा राम्रै चर्चा पाईरहेको छ ।
 
रियल लाईफको समेत जोडी आमेश र नीताले यो फिल्मलाई 'ड्रिम्स प्रोजेक्ट' भनिसकेका छन् । त्यसो त निर्माण टिमपनि फिल्म निकै उत्कृष्ट बनेको भन्दै दर्शकको साथ पाउनेमा आशावादी देखिएको छ  । तर अर्को चर्चित फिल्मसँग भिड्नुपर्ने भएपछि प्रचारमा थप कसरत गर्नुपर्नेमा निर्देशक डिसी सचेत छन् । अर्को तर्फ सार्वजनिक ट्रेलरले दर्शकमा राम्रो हाईप लिनेमा शंका गर्ने ठाउँ छैन् । 
 
हेर्नुहोस ट्रेलरः
 

 

Most Visited News (monthly)