Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

प्रमोदको मिठो बोलीमा लठ्ठै सुष्मा (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/01/27
भ्यालेन्टाईन रिलिज फिल्म 'चलेछ बतास सुस्तरी'को नयाँ गीत रिलिज भएको छ । युट्युवमा सार्वजनिक 'मिठो मिठो' बोलको गीतमा लिड कलाकार सुष्मा कार्की र प्रमोद भारद्वाज फिचरिङमा छन् । गीतमा शब्द सुमधुर लाग्छन् । पछिल्लो रिलिज गीत तथा यसअघि सार्वजनिक गीतको तर्फबाट हेर्दा फिल्म सांगितिक पक्षबाट अब्बल देखिएको छ । 
 
सुन्दर लोकेशनमा खिचिएको गीतको भिडियो पनि आकर्षक बनाईएको छ । सार्वजनिक गीतका शब्द निर्माता प्रदिप भारद्वाजले लेखेका हुन् भने स्वर आकांक्षा बस्याल र डेविड शंकरको छ । फिल्मको कथा पनि निर्माता भारद्वाजको नै हो । त्यसो त उनले यसअघि नै 'चलेछ बतास सुस्तरी' उत्कृष्ट फिल्म बनेको तथा मेकिङ पनि अहिलेसम्म बनेका धेरै नेपाली फिल्मको तुलनामा उच्च रहेको दाबी गरिसकेका छन् । 
 
अनिला अड्का र सबु सुवेदीको निर्देशनमा बनेको यो फिल्मले बिस्तारै आफ्नो पक्षमा हाईप बढाउँदै छ । अन्य दुई चर्चित फिल्मसँग भिड्नुपर्ने भएपछि प्रचारमा समेत निर्माण टिमदेखि कलाकारहरु सचेत देखिएका छन् । फिल्मलाई लिएर लिड कलाकार सुष्मा र प्रमोद उत्साहित छन् । 
 
हेर्नुहोस गीतः

Most Visited News (monthly)