नेपाली फिल्मी क्षेत्रका चर्चित ३ हस्ती डाक्टर बाबुराम भट्टराइको नयाँ शक्तिमा लागेका छन् । अभिनेत्री करिश्मा मानन्धर, अभिनेता सरोज खनाल र निर्माता अशोक शर्मा औपचारिक रुपमै बाबुरामको पार्टीसँग जोडिएका हुन् ।
नयाँ शक्ति नेपालको अन्तरिम केन्द्रिय परिषद्को घोषणा कार्यक्रममा यी ३ फिल्मीकर्मी सहभागी थिए । गोरखाका अशोक, काठमाण्डौकी करिश्मा र चितवनका सरोज बाबुरामको नयाँ पार्टीको केन्द्रिय परिषद्मा परेका छन् ।
अभिनेत्री करिश्मा मानन्धरले नयाँ कुरालाई सधै स्वागत गर्नु पर्ने भएकाले आफूले पनि बाबुरामको नयाँ शक्तिलाई सम्मान गरेको बताइन् । अभिनेता सरोज खनालले नयाँ शक्तिका लागि आफूले बाबुरामलाई भेट्न गएको जानकारी दिए ।
नेपाली फिल्म क्षेत्रका कलाकारलाई देशमा शान्ति स्थापना भएसँगै पार्टीमा प्रवेश गर्ने चाहना बढेको हो । अभिनेत्री रेखा थापा एमाओवादीमा प्रवेश गर्दा पनि चर्चा भएको थियो । तर, अहिले उनी भूमिकाविहिन देखिएकी छिन् ।

