कुनै जमानामा सलमानले नै कट्रिनालाई बलिउडको तौर तरिकासँग जानकार बनाएका थिए । बुम जस्ता झुर फिल्म खेलेकी उनलाई सलमानले नै आफ्नो ब्यानरको फिल्ममा लिएर स्थापित बनाएका थिए । तर बलिउडमा नम्बर वन हिरोइन बनेसँगै उनले सलमानको साथ छोडिन् र उतिबेलाका हिट हिरो रणवीर कपुरसँग अफेयर सुरु गरिन् ।
तर यतिबेला रणवीरको साथ छाडेकी कट्रिना सलमानसँग नजिकिँदै गएको बलिउडमा चर्चा छ । कतिसम्म भने रणवीरसँग ब्रेक अप गर्नुअघि कट्रिनाले सलमानसँग दुई घन्टा छलफल गरेको र अन्त्यमा ब्रेक अपको निर्णय लिएको सा्रेतले बताएका छन् ।
सलमान र कट्रिनाको निकटता हेर्दा लाग्छ गाईगुईमा सत्यता छ । किनभने बिगबोसमा आफ्नो नयाँ फिल्म फितुरको प्रमोसनमा गएकी कट्रिनाका लागि आफू अझैपनि पागल रहेको बताएर सलमानले यो खबरलाई हावा दिएका छन् ।उनले सुटिंगका दौरानमा कट्रिना स्टा«ेंग महिला भएको र सारा देश उनको दिवाना रहेको बताउँदै आफू पनि त्यही भित्र पर्ने बताएका थिए ।

