Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रणवीर–कट्रिनाको ब्रेक अप लागि आलिया जिम्मेवार ?

एजेन्सी, मुम्बई, 2016/01/22

२०१६मा बलिउडका लागि यो खास खबर हो । बलिउड मिडियाले हरेक दिन कुनै न कुनै नयाँ रहस्य भेटेरै छाड्छन् जबसम्म रणवीर र कट्रिनाले नयाँ साथी भेटाउँदैनन् वा बिहे गर्दैनन् । बलिउड च्यानल आजतकले आज रणबीर र कट्रिनाको ब्रेक अपका लागि नयाँ अनुहार प्रवेश गराएको छ र ति अनुहार हुन् आलिया भट्ट ।

 

आजतकले लेखेको समाचार अनुसार रणबीर कट्रिनाको अफेयर टुट्नमा आलिया भट्ट कारक रहेको उल्लेख छ । आज तक लेख्छ रणवीरको आलिया तर्फको झुकावमा सम्बन्ध टुटने कारण हो ।सँगै फिल्ममा काम नगरेपनि रणवीर र आलिया एक अर्कासँग परिचित छन् किनकी दुवै फिल्मीपरिवारका सन्तान हुन् ।

 

त्यसमा पनि इम्तियाज अलीले रणवीर र आलियालाई लिएर नयाँ फिल्म बनाउन लागेपछि दुवैका बीचमा बारम्बार भेट हुन थालेको र रणवीर र आलिया बीचको सहज सम्बन्धले कट्रिनालाई सशंकित तुल्याएकोले रणवीर र कट्रिनाका बीचमा दूरी बढ्दै गएको समाचारमा दाबी गरिएको छ ।


त्यसबाहेक रणवीरका बाबु आमा ऋषि कपुर र नितु कपुरले पनि कट्रिनालाई नरुचाएका कारण रणबीरले कट्रिनासँगको सम्बन्ध तिलान्जली दिएको स्रोतको दाबी छ ।
यता आलिया भने केही समय यता सिद्धार्थ मल्होत्रासँग अफेयरमा रहेको चर्चा थियो तर उता ब्रेक अप भएको खबर आएको छैन तर यता जोडिएको खबर आईसक्यो । खबरमा कत्तिको दम छ त्यो त केही दिनमै देखिएला तर बलिउडमा कसको कोसँग कति बृेला लभ पर्छ र ब्रेक पर्छ भन्न गाह्रो ।

 

यही हप्ता मात्र फरहान अख्तरले पनि पत्नीसँग डिभोर्स लिएको खबर छ र त्यसका लागि श्रद्धा कपुर जिम्मेवार रहेको चर्चा छ । अब हामी त यही निष्कर्षमा पुगेका छौं बरु नेपालमा भुईचालो कति बेला आउला भनेर अनुमान गर्न सकिन्छ तर बलिउडमा कसको कतिबेला लभ र ब्रेक अप हुन्छ भन्न सकिन्न ।

Most Visited News (monthly)