Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शिल्पाको व्यापार कुर्दैछन् छवि ?

फिल्मीखबर, काठमाडौं, 2016/01/22

निर्माता छविराज ओझा फिल्म नगरीका बाघ निर्माताको रुपमा चिनिन्छन् । तर, अब छविलाई वाघ बनेर सधै अरुको अगाडि सफल बन्न त्यति सजिलो छैन । यसको मुख्य कारण हो, अरु निर्माताको लोकप्रियता र चर्चा । चैत्र २६ गते निर्माता ओझाले आफ्नो नयाँ फिल्म ‘किस्मत २’ रिलिज गर्ने बताउँदै आएका छन् ।

 

तर, उनीसँगै प्रतिस्पर्धा गर्न लागेका नाई ‘नभन्नु ल ४’ र ‘रामप्यारी’ प्रचारको मैदानमा उत्रदा छवि भने चुप छन् । छविको यही मौनताले यसपटक भने उनी फिल्म रिलिजबाट पछि हट्छन् भन्ने धेरैको अड्कल छ । यदि, छविले यो मिति छाडेर पछि हट्ने अवस्था आयो भने वाघ बुढो भयो भनेर वुझ्दा हुन्छ । छविले अहिलेसम्म फिल्मको कुनै लुक्स पनि सार्वजनिक गरेका छैनन् । जबकी, ‘रामप्यारी’ र ‘नाई नभन्नु ल ४’ का गीतसंगीतले चर्चा पाइसकेका छन् ।

 

छविकी फिल्मकी मुख्य कलाकार अभिनेत्री शिल्पा पोख्रेल ‘फागु’ फिल्ममा पनि यसैबर्ष देखिदैछिन् । फागु फाल्गुण ७ गतेबाट रिलिज हुँदैछ । फागुको व्यापारले छविको ‘किस्मत २’ लाई पनि असर गर्न सक्छ । फेरि, नाई नभन्नु ल को ब्रान्ड, रेखा थापासँग भिडन्त गर्न शिल्पा र छविलाई त्यती सजिलो छैन । यस्तो अवस्थामा के छविराज ओझा ‘किस्मत २’ को फैसला शिल्पाको ‘फागु’ व्यापार हेरेर गर्दैछन् ?

Most Visited News (monthly)