Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

प्रेमबाट हैन गसिपबाट टाढा भाग्दै नम्रता

फिल्मीखबर, काठमाडौं, 2016/01/22

अभिनेत्री नम्रता श्रेष्ठको प्रेम जीवन चर्चित हुन्छ । नम्रताको जीवनमा कुनै न कुनै यूवाले स्थान बनाइरहेका हुन्छन् । रेमन श्रेष्ठसँग अलग भएपछि प्रेम घलेको जीवनमा नम्रता प्रवेश गरिन् । मलेसियामा बस्दै आएका प्रेम र नम्रताको प्रेम पनि चर्चित बन्यो । तर, दोश्रो प्रेम पनि पूर्ण असफल भएपछि सायद नम्रता अब यसलाई गसिप र चर्चाको कारण बनाउन चाहन्नन् ।

 

नम्रता अहिले दावा शेर्पा नाम गरेका पुरुषको जीवनमा प्रवेश गरेकी छिन् । यी दुइलाई सार्वजनिक कार्यक्रममा देख्न सकिन्छ । तर, अभिनेत्री श्रेष्ठ भने आफू प्रेमको कुरा नगर्ने बताउँछिन् । फिल्म ‘क्लासिक’सँग मिडिया भेटघाटमा पनि नम्रताले प्रेम र प्रेमीको बारेमा कुरै गर्न चाहिनन् । जबकी, सुन्दरी सहाना बज्राचार्यका पूर्व प्रेमी समेत रहेका दावा नम्रतासँग हरेक स्थानमा देखिने गरेकी छिन् ।

 

के नम्रता अब प्रेमको चर्चाबाट टाढा हुन चाहन्छिन् ? नम्रताका लागि अब प्रेम दुनियाँ मिडियामा नआओस् भन्ने चाहना हो । सधै उनको प्रेम गसिप बन्दा उनको प्रेम जीवन पनि सफल हुन सकेको छैन । तर यस्तो लाग्छ दावाको साथमा पनि नम्रता केही सिरियस छिन् । त्यसैले होला नम्रता हाल आफ्नो प्रेमलाई चर्चाको विषय बनाउन चाहान्नन् ।

Most Visited News (monthly)