Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अब सडकमै राहदानी !

फिल्मीखबर, काठमाडौं, 2016/01/20
चैत्र १२ लाई प्रदर्शन मिति तय गरेको फिल्म 'राहदानी'को प्रचार प्रसारको कार्यक्रम सुरु भएको छ । प्रदर्शन मिति दुई महिना बाँकी रहँदा राहदानीले प्रचार प्रसार अन्तर्गत राजमार्ग अभियान सम्पन्न गरेको हो । राजमार्गमा यात्रा गर्ने दर्शकलाई फिल्मको बारेमा जानकारी गराउन यो अभियान सुरु गरिएको यसका निर्माता लक्ष्मी प्रसाद ढकालले जानकारी गराएका छन् ।
 
राजमार्ग अभियान अन्तर्गत काठमाडौं, बनेपा बर्दिबास सडक खण्ड, बर्दिबास पथलैया हेटौंडा सडक खण्ड, हेटौं देखि नारायणघाट सडक खण्डका विभिन्न स्थानमा राहदानीको भित्तेलेखन अभियान सम्पन्न गरिएको छ । यस्तै नारायणघाट देखि नवलपरासी, बुटबल सडक खण्ड, नारायणदेखि मुग्लिन सडक खण्ड, दमौली देखि मुग्लिन सडक खण्ड र मुग्लिन देखि नागढुँगा सडक खण्डमा पनि रादहानीको प्रचार स्वरुप भित्तेलेखन अभियान सम्पन्न भएको छ । 
 
बैदेशिक रोजगारीका समस्यालाई उजागर गरिएको यो चलचित्रमा दयाहाङ राई, रुपा खनाल, अशोक रिजाल, नविन लम्साल, बिनिता घिमिरे, सृजना सुब्बा, विकाश जोशी, मोनिका दाहाल, तेन्जिङ शेर्पा, अस्मिता बस्नेत, विधा कार्की, दिनेश दुलाल, आयुष्मा श्रेष्ठ सहितको अभिनय रहेको छ । ‘गाउँ शहर देखि राजधानी,हेर्नेछन सबैले राहदानी’ नारासहित यो अभियान सुरु गरिएको निर्देशक डब्बु क्षेत्रीले बताए ।  
Most Visited News (monthly)