भारतमा फिल्म स्टार तथा क्रिकेटरहरुको जस्तो स्टारडम अन्य विधामा संलग्न व्यक्तिहरुको पाईंदैन् । भनिन्छ, जसले कसैलाई मान्छ, उसले संवन्धित व्यक्तिको दैनिकीलाई फलो गर्नसक्छ । यस्तै भएको छ बलिउड स्टारहरुलाई । नाम चलेका व्राण्डहरुको एम्बेस्डर बनेर विज्ञापनमा खेल्ने वलिउड स्टारहरुलाई दिल्ली सरकारले नजर अञ्दाज गर्दै गलत सन्देश फैलाउने विज्ञापनमा नदेखिन आग्रह गरेको छ ।
पछिल्लो समय पान मसलाको विज्ञापनमा देखिएका स्टार शाहरुख खान र अजय देवगान सहित केयौं सेलेब्सलाई दिल्ली सरकारले त्यो प्रकारको विज्ञापन नगर्न आग्रह गरेको वलिउड अनलाईनहरुले लेखेका छन् । सुर्तिजन्य पदार्थ स्वास्थ्यको लागी हानिकारक रहेको भन्दै यो प्रकारको विजापनमा सेलिब्रेटी देखिँदा त्यसैको फलो गर्ने युवापुस्तामा नराम्रो प्रभाव पर्ने भन्दै दिल्ली सरकारले यो आग्रह गरेको हो ।
यो आग्रहले शाहरुख र अजय मात्र होईन्, सुर्तिजन्य विज्ञापनमा देखिँदै आएका गोविन्दा, अरबाज खान, सन्नि लियोन लगायतलाई समेत फसाद परेको छ । तर सरकारको यो कदमको बारेमा कुनै पनि सेलिब्रेटिले मुख खोलेका छैनन् ।

