नेपाली फिल्म वा मोडलिङमा व्यस्त हुने अभिनेत्री तथा मोडल जब, बिहे गर्ने सोचमा पुग्छन् । उनीहरुको रोजाइमा नेपालका युवक भन्दा विदेशी युवा पर्छन् । पछिल्लो समय अभिनेत्रीको विवाहले यही सत्य उजागर गर्छ ।
अधिकांश मोडल तथा अभिनेत्रीले एनआरएनलाई नै आफ्नो जीवनसाथी बनाएका छन् । आइतबार मात्र मोडल सिम्पल खनालले बिहे गरिन् । उनको रोजाइमा पनि यूकेमा बस्दै आएका एनआरएन निदन आइपुगे । भिडियो निर्देशक प्रसन्न पौडेलसँग डिभोर्स गरेपछि सिम्पलले दोश्रो श्रीमान्को रुपमा निदनलाई रोजिन् । उनको करिअर पनि अब नेपाली म्यूजिक भिडियोबाट यूके पुग्नेछ ।
चर्चित अभिनेत्री गरिमा पन्तले सुटुक्क बिहे गरिन् । तपाई बिहे कहिले गर्नुहुन्छ भन्ने प्रश्नमा सधै समय आएको छैन भन्ने गरिमाका लागि पनि एनआरएन यूवक नै आइपुगे । उनले भने यूरोप गएको समयमा हरि थपलियालाई मनमा राखिन् । हरिसँगको करिब २ बर्ष लामो प्रेमलाई उनले सुटुक्क बिहेमा परिणत गरिन् र नयाँ घरजम गरिन् । गरिमाले पनि नेपालमै बस्ने केटा रोजिनन् ।
अधिकांश अभिनेत्री बिहे गरेर विदेश भासिएका छन् । केही भने कार्यक्रमको सिलसिलामा विदेश पुगेर उतै हराएका छन् । तर, जेहोस्, उनीहरु नेपालमै बसौ भन्ने सोच नै बनाउँदैनन् ।
अभिनेत्री रिमा विश्वकर्माले पनि यसै बर्ष बिहे गरिन् । रिमाको रोजाइमा पनि नेपाली यूवा बसेनन् । नेपालमै बस्ने यूवकसँग प्रेममा परेपनि उनले बिहे गर्दा भने एनआरएनलाई नै रोजिन् । रीमा पनि अब विस्तारै युकै तिर नै बस्नेछिन् ।
यसअघि रेजिना उप्रेतिले युकेके युवकलाई जीवनसाथी चुनेकी थिइन् भने अभिनेत्री हर्षिका श्रेष्ठले पनि भारतीय युवकसँग लगनगाँठो कसेकी थिइन् । विपना थापाले पनि भारतकै युवकलाई पति चुनेकी थिइन् । अझ अगाडि जाने हो भने करिष्मा मानन्धर पति विनोद पनि कुनै समय लण्डनमै बस्थे । यी त केही प्रतिनिधि पात्र मात्र हुन् । बिहे भएकाको त भईहाल्यो नभएका पनि सायद यही सोचेर बसिरहेका होलान् कि मेरो लाहुरे कहिले आउला ?

