Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

रोकिएन `ड्रिम्स` ट्रेलर । किन बन्दैछ भाइरल ?

फिल्मीखबर, काठमाडौं, 2016/01/14

‘ड्रिम्स’ ट्रेलर रिलिज भएको साँझ निर्देशक भुवन केसीले फिल्मीखबरसँगको कुराकानीमा सुरुवाती रेस्पोन्सको आँकलन गर्दै पहिलो दिन ३० हजारको हाराहारीमा दर्शकले हेर्ने अनुमान गरेका थिए । ५० हजार पुगे फिल्मप्रति दर्शक कौतुहल रहेको ठानिने एसोसिएट निर्देशक दिवाकर भट्टराईको धारणा थियो तर ट्रेलर अपलोड गरेको २४ घन्टा नपुग्दै एक लाखको आँकडा पारे गरेर ‘ड्रिम्स’ टिमसँगै सारा फिल्म उद्योगलाई चकित बनाईदियो ।

 

त्यसयता ट्रेलर दिनको एक लाखका दरले बड्दै तीन लाखको आँकडा पार गर्न सफल भएको छ । र, चल्तीको भाषामा ट्रेलर नेपाली दर्शक माझ भाइरल बनेको छ । यसअघि ‘रेसम फिलिली’ फिल्मको ‘जालमा’ गीत यसरी नै भाइरल भएको थियो तर ट्रेलरले नै यो संख्याको दर्शक पाएको नेपाली फिल्म इतिहासमा पहिलो घटना हो । यसका लागि केले काम गर्यो ? फिल्मीखबरले विश्लेषण गर्ने प्रयास गरेको छ ।


अनमोल क्रेज

तीन फिल्म खेलेका अनमोलको क्रेज ट्रेलरमा दर्शक तान्ने पहिलो कारण मान्न सकिन्छ । ‘होस्टल’ र ‘जेरी’ खेलेका अनमोलको ‘ड्रिम्स’ तेस्रो फिल्म हो । अघिल्ला दुवै फिल्म हिट भएका थिए । चकलेटी अनुहार र उनको ‘क्लासी’ छविका कारण अनमोल युवती बीच अत्यधिक लोकप्रिय छन् । नेपाली फिल्ममा आफूलाई खोजिरहेका युवाले पनि अनमोलमा त्यो छवि देखेका छन् जसले गर्दा पहिले फिल्म र अहिले ट्रेलरले यत्तिका दर्शक पाईरहेको छ ।


भुवन लिगेसी

गायक हुँदै नायक बनेका भुवन केसी महिला फ्यानसँगको सम्बन्धका कारण चर्चामा रहे पनि नेपाली फिल्ममा उनको योगदान विशेष छ । सम्भवतः भुवन केसी नै यस्ता अभिनेता होलान् जसको मुस्कान हेर्न युवती र डिंगोको मोडल हेर्न युवकहरु हल छिर्थे । व्यक्तिगत जीवनमा उतारचढाव खेपेपनि भुवन केसीले उद्योगलाई निर्माताको रुपमा पनि धेरै सफल फिल्म दिएका छन् र दर्शकलाई आश्वस्त पारृेका छन्, भुवनको फिल्ममा केही न केही हुन्छ । फिल्ममा दर्शकको अपेक्षा पूरा गर्दै आएका केसी पहिलो पल्ट निर्देशकको रुपमा आउँदा दर्शकमा क्युरिसिटी थियो जुन ट्रेलरको भ्युजमा देखिएको छ ।


ट्रेलरको मेकिङ

केहीलाई अपेक्षित नलागेपनि ट्रेलरको मेकिङ निश्चय नै दर्शक लगावको अर्को कारण हो । अनमोललाई ट्रेलरमा जसरी प्रस्तुत गरिएको छ र नव अभिनेत्री साम्राज्ञी जसरी साढे दुई मिनेट भित्र देखिएकी छिन् त्यसले दर्शक रिझाएको छ । केहीले ट्रेलरमा ‘जेरी’ गन्ध आएको टिप्पणी गरेपनि ट्रेलरमा देखिएको ‘रिचनेश’लाई धेरैले प्रशंसा गरेका छन् । सँगसँगै ट्रेलरभित्र राखिएका संवादले पनि दर्शक सुन्तुष्ट पार्न सकेको हाम्रो अनुमान छ ।


तर, ट्रेलर हिट भएसँगै निर्माण टिममा दबाब परेको छ । किनकी यसअघि ट्रेलर हिट भएका फिल्मले बक्स अफिसमा चित आएका धेरै उदाहरण छन् । आशा गरौं ‘ड्रिम्स’ले यस्तो नियति भोग्न परेको समाचार लेख्न नपारोस् ।

 

Most Visited News (monthly)