Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`फन्को` रेड कार्पेट प्रिमियर (फोटो फिचर)

फिल्मीखबर, काठमाण्डौ, 2016/01/14
यहि शुक्रबारबाट प्रदर्शनको थालनी गर्ने फिल्म ‘फन्को’को राजधानीमा रेड कार्पेट प्रिमियर गरिएको छ । कुमारी हलमा बुधबार साँझ आयोजित कार्यक्रममा फिल्म क्षेत्रमा विभिन्न हस्तीहरुको सहभागिता थियो । प्रिमियर शोमा कुमारीका दुबै हल दर्शकले खचाखच भरिए ।
 
 
 
फिल्म हेरिसकेपछि दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् । हाँस्यकलाकार सिताराम कट्टेल धुर्मुसले नेपालीपना तथा ठेट गाउँले भाषा सहित बनेको फिल्म हेर्दा पूर्णतः मनोरञ्जनको आभाष भएको प्रतिक्रिया दिए । 
 
दर्शकलाई फनफनी घुमाउने भन्दै व्यापक प्रचारका साथ प्रदर्शनमा आउन लागेको यो फिल्ममा नेपाली दर्शकले मनोरञ्जन लिन सक्ने प्रतिक्रिया धेरैको छ । प्रिमियरको दर्शक प्रतिक्रियाबाट उत्साहित देखिएका निर्माता नरेन्द्र महर्जनले हलमा आएपछि पनि दर्शकको राम्रो साथ पाउनेमा आशा व्यक्त गरे ।
 
 
 
यसअघि युरोपका केहि शहरमा प्रिमियर भईसकेको यो फिल्मले विभिन्न शोबाट राम्रो रिभ्यु प्राप्त गरेको छ । सुवर्ण थापा निर्देशित फिल्ममा नरेन्द्र महर्जनसँगै सहदेव गौतम र पदम गुरुङले लगानीमा साझेदारी गरेका छन् । फिल्ममा दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी, सौगात मल्ल, अनुप बराललगायत लिड रोलमा छन् ।
 
 
 
 
तस्विरहरू : महेश्वरमान सिंह 
Most Visited News (monthly)