Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 2.67/5.00)
Text size:-
+
-

आमा बन्दै माल्भिका

फिल्मीखबर, काठमाडौं, 2016/01/13

पूर्व मिस नेपाल एवं फिल्म ‘हाउ फन्नी’की कार्यकारी निर्मात्री माल्भिका सुब्बा गर्भवती भएकी छिन् । उनले सामाजिक सञ्जाल इन्स्ट्रागाममा तस्बिर पोस्ट गर्दै गर्भवती भएको खुलाएकी हुन् ।माल्भिकाले आफ्नो इन्स्ट्राग्राममा पोष्ट गरेको तस्बिरमा उनका श्रीमान्ले उनको पेटमा छोएका छन् । साढे ५ महिनाको स्वस्थ्य बच्चा आफ्नो पेटमा हुर्कदै गरेको माल्भिकाको भनाई छ ।


यसरी आफू गर्भवती भएको भनेर तस्बिर शेयर विशेषगरि, हलिउडका सेलिब्रेटीले मात्र गरेको देखिन्छ । निर्मात्री सुब्बाले पनि यही ट्रेन्डलाई पछ्याउने काम गरेकी छिन् ।उनले आफ्नो यो खुशी सबैसँग बाड्न चाहेको भन्दै तस्बिर पोष्ट गरेकी हुन् । माल्भिकाले निर्माण गरेको फिल्म ‘हाउ फन्नी’ कहिले प्रदर्शन हुन्छ टुंगो छैन । तर, उनको घरमा बेबी भने आउने पक्का भएको छ ।

Most Visited News (monthly)