हुनत, काफल वैशाखमा पाक्नु पर्ने हो । तर, अभिनेता जीवन लुइटेल र अभिनेत्री बर्षा राउतको काफल भने माघमा नै पाक्ने तयारीमा छ ।जीवन लुइटेलले आफ्नो करिअरकै उत्कृष्ट फिल्म भनेर प्रशंसा गरेका छन्, काफल पाक्योलाई । शुक्रबारबाट प्रदर्शनमा आउन लागेको यो फिल्मको ट्रेलर अहिले चर्चामा पनि छ ।
महिला निर्देशक सावित्री खत्रीले यही फिल्मबाट डेब्यू गरेकी हुन् । ‘नाई नभन्नु ल’को ब्रान्डलाई छाडेपछि फिल्म पर्दामा असफल देखिएका अभिनेता लुइटेलका लागि ‘काफल पाक्यो’ चले राहत हुनेछ । होइन भने, नयाँ नयाँ अभिनेताले बजारमा चर्चा पाइरहेको समयमा जीवन पछि पर्न सक्छन् ।
अभिनेत्री बर्षा राउत ‘काफल पाक्यो’ले दर्शकलाई २ घन्टा पूर्ण मनोरञ्जन दिने बताउँछिन् । उनले ‘काफल पाक्या’ हेर्दा दर्शकलाई कतै दिक्क नलाग्ने बताइन् ।जीवन र बर्षाको काफल माघमै पाक्छ या पाक्दैन, माघ १ ले बताउनेछ । तर, फिल्मको व्यापारले महिला निर्देशकदेखि जीवन र बर्षालाई भने ठूलै असर पार्नेछ ।

