Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नहुने भो कामना अवार्ड

फिल्मीखबर, काठमाडौं, 2016/01/13
२०७० सालमा रिलिज भएका फिल्महरुबीच प्रतिस्पर्धा गर्दै आवार्ड आयोजना गरेको कामना पब्लिकेशनले २०७१ रिलिज फिल्मबीचको अवार्ड भने नगर्ने भएको छ । मंगलबार राजधानीको एक तारे होटलमा आयोजित एक कार्यक्रममा बीच सिजी सँगको सहकार्यमा कामनाले आयोजना गर्ने  कामना फिल्म अवार्ड यो बर्ष नहुने जानकारी गराईयो । 
 
 
 
२०७१ भरी भूकम्प, नाकाबन्दी लगायतका समस्यामा देश परेको भन्दै यो बर्ष अवार्ड आयोजना गर्नु र हर्ष मनाउनुको अर्थ नदेखेर कार्यक्रम स्थगित गरिएको जानकारी गराईएको छ । तर २०७२ सालको अवार्ड भने २०७३ साल लाग्दै गर्दा हुनेछ । 
 
बिगतमा जस्तो मंसिर पौष पर्खेर अब अवार्ड हुँदैनन्, नयाँ बर्षको छेकोमा नै अवार्ड आयोजना गर्ने सोच कामनाले लिएको छ,कामना सम्पादक बिदुर गिरीले भने । आयोजित कार्यक्रममा फिलमकर्मी, सञ्चारकर्मी तथा कर्पोरेट हाउसका विभिन्न व्यक्तित्वहरुको उपस्थिती थियो । 
Most Visited News (monthly)