Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

राजेश हमाल र भुवन केसी बीच केको दुश्मनी ?

फिल्मीखबर, काठमाण्डौ, 2016/01/13
मंगलबार सिजी कामना अवार्डको एक विशेष कार्यक्रममा नेपाली फिल्म क्षेत्रका केहि दिग्गज व्याक्तिहरु उपस्थित देखिए । कलाकार, निर्माता, निर्देशक, पत्रकारहरू एक थलोमा भेट भए . एकअर्काकामा कतिले त वाईन त कतिले ह्विस्कीको साथमा आत्मियता साटे । 
 
हङकङमा आयोजना भएको नेफ्टा अवार्डमा राजेश हमाल र भुवन केसी एकसाथ 
 
संयोगबस एकै कार्यक्रममा सहभागी भएका पुराना स्टार राजेश हमाल र भुवन केसीले हातसम्म मिलाएनन् । आमुन्ने सामुन्ने हुँदा समेत एकले अर्कोलाई वास्ता गरेनन् । दृश्य त्यस्तै बोल्थ्यो । 
 
जब कार्यक्रम सुरु भयो, मह जोडी सहित आयोजक टिमका सदस्य तथा सिजीको तर्फबाट बसन्त चौधरीसहित स्टेज अघिको सोफामा बसे । तत्पश्चात उद्घोषकले सुपरस्टार तथा सोसियल आईकनको दर्जा दिँदै राजेश हमाललाई आतिथ्यता ग्रहण गर्न लगाए । यो भन्दै गर्दा भुवन केसी पनि हलमा छिरिसकेका थिए । 
 
छिर्दैगर्दा निर्देशक दिनेश डिसीसँग भेट भएपछिको छोटो कुराकानी मै भुवनले ह्विस्की लिन्छु अनि कुरा गरौँला भन्दै अघि बढे । हातमा ह्विस्कीको गिलाससहित उनी उपस्थित अन्य फिल्मकर्मीमाझ हाई हेल्लो गरिरहे । कार्यक्रम सकिने बेलामा मात्र उद्घोषकले उनको नाम लिईन् उहाँ पनि उपस्थित हुनुन्छ भनेर ।
 
कार्यक्रम सकियो । तत्पश्चात चलेको अनौपचारिक कार्यक्रममा पनि यी दुई स्टार नजिक हुँदा पनि एकले अर्कालाई बोलाएनन्, न त हात नै मिलाए । राजेश हमाल रमेश उप्रेतीलगायतसँग आधा घण्टाबढि गफिए । भुवन केसी विकास आचार्यलगायतसँग उस्तै गफमा मस्त देखिन्थे । न त हमालले हाई भुवन भन्न पुगे, न त भुवनले के छ राजेश नै भने । यति हुँदैगर्दा एक फिल्मकर्मी भन्दै थिए, 'एकले अर्काको अस्तित्व स्विकार नगर्दा यस्तै हो ।'
 
त्यसो त संयोग मिल्दा मात्र यी दुई स्टार बोलचाल गर्छन्, नत्र प्रायः कार्यक्रममा संगै पनि देखिन्नन् । वलिउडका शाहरुख खान र सलमान खानबीचको टकरावको रुपमा समेत कतिले यी दुईको सम्बन्धलाई दाँज्छन् । तर, भुवन र हमाल किन बोलिरहेका छैनन् ? यो बीचमा के दुश्मनी छ ? धेरैलाई पत्तो छैन । अरुलाई मिल्न सिकाउनुपर्नेहरु नै यसरी पानी बाराबार जस्तै गर्छन् भने नव प्रवेशीहरुले के सिक्ने ?
 
यसअघि हमालको बिहेमा बधाई दिन भुवन पुग्दा यी दुईले सँगै फोटो खिचाएका थिए । त्यसो त भुवन र हमाल दुबैले निकटबाट सुपरस्टारको ट्याग पाउँछन् । तर, आफ्नो अघि अर्कालाई सुपरस्टार भनेर कसैले सम्बोधन गर्यो भने निधार खुम्च्याउँछन् । 
Most Visited News (monthly)