Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

’परदेशी’को ७५ दिने सफलता साँझ

फिल्मीखबर, काठमाडौं, 2016/01/04

रिलिजको ७५ औं दिन पार भएको खुसियालीमा फिल्म ’परदेशी’ युनिटले सञ्चारकर्मी तथा फिल्मकर्मीमाझ खूसियाली साटेको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्म युनिटले सफलता साँझ मनायो । कार्यक्रममा फिल्म निर्माणदेखी रिलिज सफलतासम्म साथ दिने सहयोगी हातहरुलाई मायाको चिनो प्रदान गरियो ।

 

फिल्मसँग जोडिएका कलाकार प्राविधिकदेखी वितरक तथा सञ्चारकर्मीहरुलाई कार्यक्रमका प्रमुख अतिथी बनेका विकास वोर्ड अध्यक्ष राजकुमार राईको हातबाट सम्मानपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा बोल्दै लगातार दुई हिट फिल्म दिएका निर्देशक नारायण रायमाझीले यो सफलताको श्रेय मिडियाकर्मी तथा दर्शकलाई दिए । उनले यो प्रकारको साथ र सफलताले निकै हर्षित बनाएको भन्दै आगामी दिनमा पनि पाईरहने आशा व्यक्त गरे ।

 

फिल्मलाई रायमाझीसँग सहकार्य गर्दै राजेश वंसलले निर्माण गरेका हुन् । लिड कलाकार प्रशान्त तामाङ अनुपस्थित रहेको कार्यक्रममा ’परदेशी’का अन्य मुख्य कलाकार रजनी केसी र नरेन खड्का उपस्थित थिए । ’दशैं’को छेकोमा प्रदर्शनमा आएको यो फिल्मले बर्ष २०७२ कै सर्वा्धिक बिजनेश गरेको दाबी गरिएको छ । फिल्म अहिलेसम्म पनि राजधानीमा केहि हलमा प्रदर्शन भईरहेको छ । नारायण रायमाझीको यसअघिको फिल्म ’गोर्खा पल्टन’ले पनि बम्पर बिजनेश गरेको थियो ।

Most Visited News (monthly)