बलिउड अभिनेत्री विपशा वासु र अभिनेता करण सिंह विच लामो समयदेखि अफेयर चलेको चर्चा चलेको थियो । तर, प्रेमी छाड्न र बनाउन माहिर मानिएकी बलिउडकी यी सुन्दरीले यो कुरा स्विकार गरिनन् । उनले करण र आफू साथी मात्र भएको बताउँदै आएकी थिइन् ।

तर, करण र विपाशाले ‘अलोन’मा इन्टिमेट जोडीले झैं हट दृश्य समेत दिएका थिए । तर, यी दुइले नयाँ बर्ष २०१६ लाई जुन ढंगले मनाएका छन्, यसले के पुष्टिहुन्छ भने करण र विपाशा विच प्रेमको आगो दन्केकै छ । विपाशाले आफ्नो इन्स्ट्राग्राममा पोष्ट गरेको तस्बिरमा उनी र करणको नयाँ बर्ष सेलिब्रेशनको झल्को छ । जसमा, विपाशाले विकिनी लगाएकी छिन् भने करणले माथि कुनै पनि कपडा लगाएका छैनन् ।
यी दुइको नयाँ बर्ष कुन शैलीमा रह्यो भन्ने वुझ्न यो तस्बिर नै पर्याप्त छ । यो तस्बिर कुन देशको हो भन्ने यो जोडीले खोलेको छैन । तर, जेहोस् लामो समयदेखि चल्दै आएको गसिपलाई अब भने यो जोडीले पुष्टि गरिदिएको छ ।

